Home  
Janahit Voice

आज शरणार्थी प्रकरणमा खाँणका वकिलले बहस गर्ने

३० जेष्ठ २०८०, मंगलवार

काठमाडौं – मंगलबार (आज) नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्नेछन् । नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले खाँणको पक्षमा बसहका लागि तयारी गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा भईरहेको थुनछेक बहसमा अझै ६ जना प्रतिवादीका कानुन व्यावसायीहरुले बहस गर्न बाँकी छ । प्रतिवादीहरुले बहसका लागि वकिलको लर्को लगाएका कारण थुनछेक बहस लम्बिएको छ । ११० जना कानुन व्यावसायीले १८ जना अभियुक्तहरुको पक्षमा बहस गर्न नाम लेखाएका छन् ।

यहि मंगलबार जिल्ला अदालतले थुनछेक बहसका लागि तोकेको समय अवधि सकिंदैछ । तर,बहसका लागि नाम लेखाएका आधा कानुन व्यावसायीको बहस भने बाँकी नै छ । वहसको कार्यतालिका अनुसार मंगलबार प्रतिवादीहरुको बहस सकेर भोलि सरकार पक्षबाट जवाफी बहस हुनुपर्ने हो । अब, थुनछेक बहसको प्रक्रिया सकिएपछि इजलाशले थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने आदेश दिनेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *