Home  
Janahit Voice

कोकाह खोलाको पानी धरान ल्याउन सफल, हर्षले भक्कानिए हर्क

३० जेष्ठ २०८०, मंगलवार

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कोकाह खोलाको पानी धरान ल्याउन सफल भएका छन् । खानेपानीको चर्को अभाव सामना गरिरहेको धरानमा मेयर राईले स्थानीयलगायतको श्रमदानमा कोकाहको पानी ल्याउन सफल भएका हुन् ।

चर्को घाम र लामो खडेरीले धरानमा खानेपानी अभाव भएपछि राई कोकाहबाट जसरी पनि पानी ल्याउने भन्दै लागि परेका थिए। उनलाइ स्थानियहरुले पनि साथ दिदै आएका थिए। उनले धरान बासिलाइ यहाँको पानी नल्याई धरान नै नफर्कंने वाचा गरेका थिए । सोमबार उनको योजनाले मूर्तरूप लिएपछि स्थानीयले उनीसँग खुसी साटेका थिए । त्यसक्रममा मेयर राई हर्षले भक्कानिएर रोएका थिए ।

कोकाहको पानी धरान ल्याउन श्रमदानमा जुटेका एक श्रमदाताले १०० दिनको आफूहरूको मिहिनेतको फल प्राप्त भएको बताउँदै कोकाहको पानीले अहिले देखिएको खानेपानीको चर्को अभावलाई थोरै भए पनि राहत पुग्ने बताएका छन।

उचित व्यवस्थापन र स्रोत साधन  अभावमा धरानका नागरिकले वर्षौंदेखि खानेपानी समस्या झेल्दै आइरहेका छन् । गत स्थानीय तह निर्वाचनमा धरानको खानेपानी समस्यालाई आफ्नो मूल एजेण्डा बनाएर प्रतिस्पर्धामा उत्रिएका हर्कले निर्वाचित भएपश्चात यसलाई पूरा गर्न तत्कालीन र दीर्घकालीन योजनाका साथ काम गरिरहेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *