Home  
Janahit Voice

पछिल्लो समय बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी, सचेत रहन बैंकहरूको आग्रह

३० जेष्ठ २०८०, मंगलवार

बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी भइरहेकाले सवैलाइ  सचेत रहन बैंकहरूले आग्रह गरेका छन् । बैंकहरूले एक सूचना जारी गर्दै बैंकको कर्मचारी भनेर विभिन्न बहानामा ओटीपी कोड मागेर ठगी भइरहेकाले सावधान हुन सवैलाइ आग्रह गरेका हुन् ।

पछिल्लो समय अनाधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको र केवाईसी अपडेट गर्ने लगायत विभिन्न बहाना बनाउदै वा प्रलोभन देखाई सोको लागि सम्बन्धित ग्राहकलाई मोबाईलमा आएको नम्बर (OTP) मागी ठगी गर्ने गरिएको पाइएको छ ।

ठगी गर्ने गरिएको पाइएपछि विभिन्न बैंकहरूले सूचना निकाल्दै बैंकहरूले ओटीपी कोड कसैलाई नदिन सचेत गराएका छन् । खाताको विवरण, कार्ड नम्बर, PIN, मोबाईलमा तथा ईमेलमा आउने OTP जस्ता संवेदनशील सूचनाहरु कसैलाई पनि नदिन बैंकहरूले ग्राहकसँग अनुरोध गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ २० गतेसम्म ओटीपी कोड प्रयोग गरेर ठगीमा परेको भन्दै १०६ जनाले निवेदन दिएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *