Home  
Janahit Voice

नक्कली शरणार्थी प्रकरणबारे बरु सरकार छाड्न परोस्, गलत सम्झौता हुँदैन : प्रधानमन्त्री

३१ जेष्ठ २०८०, बुधबार

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्।

जानकारीमा आएअनुसार बुधबार बिहान मा‌ओवादी निकट प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीसँग उनले यस्तो बताएका हुन्। अहिले सत्ता टिकाउनकै लगि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने शंका उत्पन्न भएकोमा बरु सरकार छोड्न तयार छु तर भ्रष्टाचारीलाई उन्मुक्ति दिन्न उनले भनेका छन।

‘भ्रष्टाचार काण्डमा बरु सरकार छाडेर जनतामा जान उचित हुन्छ, बरु सरकार छाड्न परे परोस्, गलत सम्झौता गर्न हुँदैन भन्ने पक्षमा छौँ,’उनले भने। भ्रष्टाचारविरुद्धको अभियान जारी रहने पनि उनले बताएका छन।

प्रचण्डले यतिबेला आफू संसद्‌मा ‘वन मेन आर्मी’ जस्तो हुनुपरेको बताए। ‘जतिबेलै वन मेन आर्मी जस्तो हुनुपरेको छ, अरुले सकेसम्म भाँड्ने प्रयास गरेको देखिन्छ,’ उनले भने, ‘ओलीहरू देख्नुभयो नि! लोकतन्त्रको नम्स भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिराखेको छु। हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु। बोल्नै नदिने भनेर तलका मान्छेलाई बोल्न दिने कुरा भयो सभामुखबाट। हुँदै नहुने कुरो थियो नि!’

आफूले बोलिसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा हुने भए पनि बोल्दाबोल्दै आफूलाई अपमानित गरिएको पनि उनले बताए।

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनको समर्थनमा संसद्‌मा उभिएका दलहरूले लोकतान्त्रिक मूल्य मान्यता ध्वस्त पारेको बताएका छन्।

पछिल्लो ६ महिनामा सरकारले सुरुदेखि जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्ने, बेथिति रोक्नेदेखि हालै भएको भारत भ्रमणमा विभिन्न पहल गरेको दाबी गरे। तर पनि यस क्रममा एउटा ट्रेल बनेको उनले गुनासो गरेका छन। यी सबै प्रयास निकै अप्ठ्यारो अवस्थामा गरेको बताउँदै उनले त्यसलाई जनतासम्म बुझाउन नसकिएको बताए।

उनले निकै ठूलो अप्ठ्यारो र घेराबन्दीबीच काम गरे पनि सदनमा आफू एक्लो भएको बताएका छन्।

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *