Home  
Janahit Voice

नक्कली शरणार्थी प्रकरणमा कारबाही माग गर्दै संसद् भवन अगाडि प्रदर्शन

३२ जेष्ठ २०८०, बिहीबार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।

संघीय संसद् भवनको ३ नम्बर गेट रहेको पानी ट्याङ्की अगाडि प्रदर्शन गर्दा १६ जना पक्राउ समेत परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा विगत एक सातादेखि बहस जारी छ । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् । बहस सकिएपछि थुनछेकबारे आदेश जारी हुनेछ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *