Home  
Janahit Voice

विद्यार्थी संगठनको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा रोकियो

३२ जेष्ठ २०८०, बिहीबार

सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ । ईन्जिनियरिङ संकाय अन्तर्गत विभिन्न सेमिस्टरको परीक्षाको समय तोकिएको थियो। तर,परीक्षा व्यवस्थापन कार्यालय लगाईएको तालाबन्दीका कारण परीक्षा रोकिएको हो।

कार्यालयले यसअघि नै सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको थियो। ती परीक्षाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो। सेवा आयोगको परीक्षा रद्द गर्न माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले अध्यक्ष दाहाललाई क्वार्टरमै पुगेर कालोमोसो दलेका थिए । कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङ सभापति सरोज पोखरेल पक्राउसमेत परेका छन् ।

सेवा आयोगका अध्यक्ष महेश दहालमाथि कालोमोसो फ्याकिएपछि पूर्वाञ्चल विश्वविद्यालयको माहोल तातेको छ। स्थानीयले दस्ता नै खडा गरेर प्रतिवाद गर्दै आएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *