Home  
Janahit Voice

रेशम चौधरीलाई साह्रै अन्याय भएको रहेछ : केपी शर्मा ओली

४ असार २०८०, सोमबार

काठमाडौं- सोमबार विहान बालकोटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

भेटवार्तामा उनीहरूबीच समसमायिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ।। एमाले अध्यक्ष शर्मा ओलीले टीकापुर घटनामा अन्याय भएको रेशमलाई सुनाएका थिए।

ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए। उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के-कस्ता यातना दिएको कुरा स्मरण गरेको बताइएको छ।

‘उहाँको जेल जीवन पनि एकदमै कस्टकर थियो। उहाँले कसरी जेल पुर्‍याएको, कसरी गोलघरमा राखेको, जाडो, गर्मी कसरी कटाएको भन्ने  बारे कुराकानी भएको  बताइएको छ।

जानकारीमा आएअनुसार  रेशम चौधरी जेलमा रहँदा एमाले अध्यक्ष ओलीले ज्याकेट र जुत्ता पठाइदिएका थिए। उनले जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिएको   बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *