Home  
Janahit Voice

महानगरले नदीमा फोहोर मिसाउने ट्यांकरलाई तिरायो एक लाख जरिवाना

४ असार २०८०, सोमबार

नदीमा फोहोर मिसाउने दुइटा ट्यांकरलाई ललितपुर महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ।

आइतबार महानगरले  अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा दिसाजन्य फोहोर फाल्ने दुइटा ट्यांकरलाई ५० हजारका दरले जरिवाना गरेको नगर प्रहरीले जानकारी दिए।

उनीहरूले विभिन्न ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर च्यासल नजिक जग्गामा फोहोर फाल्न मिल्ने संरचना बनाएका थिए। जसको निकासा खोलामा गरिएको थियो।

जानकारीमा आएअनुसार एउटा ट्यांकरले एकपटक फोहोर फाल्दा ५०० रुपैयाँ तिर्ने गरेको रहेछ,करिब छ महिनादेखि त्यसरी फोहोर फाल्ने काम भइरहेको रहेछ। बाहिर बाँस पाइन्छ भनी लेखेर त्यहाँ नदी दूषित गर्ने काम गरिरहेको कारण उक्त संरचना समेत भत्काएको नगर प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *