Home  
Janahit Voice

कोशी सरकारले बाढीमा ज्यान गुमाएको परिवारलाई एक लाख रुपैयाँ प्रदान गर्ने

४ असार २०८०, सोमबार

निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचारको पूर्णरुपमा क्षति भएको छ ।
कोशी प्रदेश सरकारले प्रदेश क्षेत्रमा बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल एक लाख राहत उपलब्ध गराउने भएको छ ।

आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

आइतबार कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतकका परिवारलाई राहतस्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालले जनाएको छ ।

घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनर्निर्माणका लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोले बताए ।

निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएको छ। सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *