Home  
Janahit Voice

नागरिकता पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप, प्रदर्शनमा एक युवा बेहोस

५ असार २०८०, मंगलवार

काठमाडौंको माइतीघरमा नागरिकताको माग गर्दै प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन् । प्रदर्शन सहभागीमा बेहोस भएका एक युवालाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले सर्वसाधारणमाथि बल प्रयोग गरेको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ ।  तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन् ।

उनीहरू लामो समयदेखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *