Home  
Janahit Voice

राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर

५ असार २०८०, मंगलवार

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ।

मुटुको चाल कम भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।

पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।

पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।

हाल उहाँकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे विज्ञप्तिमा उल्लेख

छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *