Home  
Janahit Voice

कर फर्छ्यौट भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई छ अर्ब बिगो ९ वर्ष कैद सजाय

६ असार २०८०, बुधबार

कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा छ अर्ब बिगो र ९ वर्ष कैद सजाय सुनाएको छ।

कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा उनीहरुलाइ हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो।

जानकारीमा आएअनुसार  लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सुनाएको हो भने ढकाल र शर्मालाई ९-९ वर्ष कैद सुनाएको छ।

विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो । दामासाहीले भाग लगाउँदा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ बिगो तिर्नुपर्ने विशेष अदालतले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *