Home  
Janahit Voice

रुकुमको मुसिकोटमा जिप दुर्घटना हुँदा १० जना घाइते

७ असार २०८०, बिहीबार

बिहीबार बिहान रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा भे १ च २७९६ नम्बरको   बोलेरो जिप दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।

रुकुम जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको  जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय  रुकुमका  अनुसार जिप दुर्घटनामा परेर दश जना घाइते भएका छन् ।

दुर्घटनामा  परी घाइते हुनेहरूमा मुसिकोट नगरपालिका ५ की १३ वर्षीया सरस्वती केसी, सोही ठाउँकी ५५ बर्षीया लीला केसी, मुसिकोट १३ की ५० बर्षीया सुबि रोका, मुसिकोट नगरपालिका ३ की १३ बर्षीया सुजता केसी, सोही वडाकी १२ वर्षीया करिना केसी रहेका छन् ।

त्यसै गरी सोही वडा निवासी १४ वर्षीया दक्षिणा खड्का, ८ वर्षीया वर्षा केसी, मुसिकोट नगरपालिका १ की ३५ बर्षीया बिनिता केसी, दाङको शान्तिनगर गाउँपालिका ४ निवासी २५ बर्षीया टिका ओली केसी र सोही स्थानकी ३३ बर्षीया टिका केसी घाइते भएको  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त जिपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । जिप स्टाट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुन जाँदा सडकबाट करिब ६ मिटर तल खसेको प्रहरीले बताएको छ।

घाइतेहरू सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *