Home  
Janahit Voice

वेस्ट इन्डिजविरूद्ध सन्दीपले लिए प्रतियोगिताकै पहिलो विकेट

७ असार २०८०, बिहीबार

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् ।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेलिरहेको छ।

जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले तीन विकेट गुमाएको छ।

वेस्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान कायल मेयर्सलाई १ रनमा नेपालका करण केसीले कुशल भुर्तेलबाट क्याच गराए।

यस्तै दोस्रो विकेट गुल्सन झाले लिए। गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए।

तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई ३२ रनमा बोल्ड गरे।किङले ४२ बलमा २ चौका र २ छक्का हिर्काए। त्यतिबेला वेस्ट इन्डिजले १५.३ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन जोडेको थियो।  यो सन्दीपका लागि प्रतियोगिताकै पहिलो विकेट हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सन्दीपले लगातार ३३ खेलसम्म विकेट लिने कीर्तिमान बनाएपछि लगातार दुई खेलमा विकेट लिन नसकेका हुन् ।

टस जितेर पहिला फिल्डिङ गरेको नेपालले दुईपल्टको विश्व विजेता वेष्ट इण्डिजलाई सुरुदेखि नै दवावमा राखेको छ

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *