Home  
Janahit Voice

ओखलढुङ्गामा बाढी पहिरोमा परेर एकै घरका ४ जनाको मृत्यु २५ घर बगायो

८ असार २०८०, शुक्रबार

काठमाडौं – गएराति ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ ।

बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको  जानकारीमा आएको छ।

पहिरोमा परी मृत्यु हुनेमा एकै परिवारका चार जना रहेको प्रहरीले जनाएको छ।  मृतक मध्ये ३८ वर्षीय बुवा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ  भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी लगाएत  स्थानीयहरू उद्धारमा खटिएका छन। अरु २५ वटा घरमा र गोठहरूमा क्षति पुगे पनि क्षतिको यकिन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *