Home  
Janahit Voice

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाईते

८ असार २०८०, शुक्रबार

गोरखामा जन्ती सवार जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३-०१-०२३ च ४४२७ नम्बरको जन्ती सवार जिप शहिद लखन-३ को सिलिङकोटबाट बेहुली लिएर शहिद लखन गाउँपालिका-५ को ताक्लुङतर्फ फर्कने क्रममा दुर्घटना भएको हो

दुर्घटना परी  मृत्यु हुनेमा शहिद लखन गाउँपालिका–५ ताक्लुङ पोखरी डाडाँ बस्ने १९ वर्षीय प्रविन थापा, २८ वर्षीय बिरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकी नविना थापा र वर्षीय ६४ का धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाकाले जानकारी दिएको छ।

उनीहरुको गए राती दुई बजे नै घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १२ जना घाईते भएका छन् । घाईतेमध्ये नौं जनाको तनहुँको आँबुखैरेनीमा रहेको अस्पतालमा उपचार भईरहेको र तीन जनालाई भने थप उपचारको लागि भरतपुर लगिएको छ ।”

घाइतेहरु सबैजना शहिद लखन ५ पोखरी डाँडाकारहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *