Home  
Janahit Voice

सर्वसाधारणलाई अभद्र व्यवहार गर्ने १२ जना नगर प्रहरी कारबाहीमा

८ असार २०८०, शुक्रबार

सर्वसाधारणप्रति अभद्र तथा अपमानजनक व्यवहार गर्ने काठमाडौं महानगरका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन् ।

सर्वसाधारणका घरघरमा गएर सामान खोस्ने, फलफूल तरकारीका क्रेटमा बुट बजार्ने, व्यापारीलाई अपराधीजस्तै व्यवहार गरेको भन्दै महानगरले उनीहरूलाई कारबाही गरेको हो ।

फुटपाथ तथा सडकपेटीका व्यापार तथा सामान राखेर अवरोध गरेकाहरूलाई नगर प्रहरीले अपमानजनक व्यवहार गरेकोमा कारबाही गरिएको हो ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरीले असहज व्यवहार गरेको भेट्टाएपछि कारबाही भएको बताए ।

‘नगर प्रहरीले जथाभावी बोल्न र व्यवहार गर्न पाउँदैनन्, हामीले १२ जनालाई कारबाही गरेका छौँ,’ उनले भने, ‘यदि नगर प्रहरीले अपमान र अमानवीय व्यवहार गरेको छ भने हामीलाई खबर गर्नुहोला ।’ उनले नगर प्रहरीलाई सरुवा गरेर, सुविधा कटौती गरेर, धेरै समय ड्युटीमा लगाएर कारबाही गरिएको बताए ।

जडीबुटीस्थित नगरफाँटमा बुधबार नगर प्रहरी भित्री गल्लीमा पुगेर ठेलागाडा जफत गरेको थियो । स्थानीयले सूचना दिएपछि मात्रै नगर प्रहरी गएको र ठेलागाडा जफत गरी टेकुमा ल्याएर राखेको जनाइएको छ । घर तथा निजी ठाउँमा राखेको ठेलागाडा उठाएको भन्दै नगर प्रहरीको सर्वत्र विरोध भएको थियो ।

तर, नगर प्रहरी प्रमुख पाण्डेले स्थानीयवासीले खबर गरेपछि मात्रै ठेलागाडा जफत गरेको बताए । ‘नगर प्रहरी त्यहाँ पुगेपछि उनीहरूले ठेला भित्र लगेका थिए, त्यसअघि सडकमै डुलाइरहेको देखेपछि स्थानीयले खबर गरेका थिए, ‘त्यसपछि  जफत गरेको बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *