Home  
Janahit Voice

आज प्रतिनिधि सभामा ८ मन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

११ असार २०८०, सोमबार

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै छ। प्रतिनिधिसभाको आजको बैठकमा बजेटमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने कार्यतालिका रहेको छ।

आज बिहान ११ बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठाइएका प्रश्नहरूको जवाफ दिन बाँकी रहेका विभागीय मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

हिजोदेखि सुरू भएको मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम आज पनि जारी रहनेछ।संघीय संसद सचिवालयका अनुसार आज ८ वटा मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

आज रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *