Home  
Janahit Voice

आज सन्दीपविरुद्धको मुद्दामा क्षतिपूर्तिसम्बन्धी सुनुवाइ

११ असार २०८०, सोमबार

काठमाडौँ–आज सन्दीप लामिछाने विरुद्धको मुद्दामा  जिल्ला अदालत काठमाडौँमा क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ।

वादी पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिनु पर्ने वा नपर्ने भन्ने बारेमा आज सुनुवाइ हुन लागेको हो ।

यस अघि लामिछानेसँग वादी पक्षले  माग गरेको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरे पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौँमा निवेदन दिएको थियो ।

त्यसपश्चात् उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो।

जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डक्टरको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकेको हो ।

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहसको पेशी भने स्थगित छ। लामिछाने विश्वकप छनोटका लागि जिम्बावेमा रहेका कारण पेशी स्थगित गरिएको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *