Home  
Janahit Voice

नवलपरासीमा २५ वर्षीय छोराले गरे ५० वर्षीय आमाको हत्या

१३ असार २०८०, बुधबार

बुटवल – पश्चिम नवलपरासीमा  छोराले आमाको हत्या गरेका छन् । नवलपरासीको सुनवल नगरपालिका–१३ मा ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ ।

छोरा शिवकुमारले पारिवारिक विवादको क्रममा आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताएको छ ।

धारिलो हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्यापछि कुमार भागेर रुपन्देही आएर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *