Home  
Janahit Voice

कोशी प्रदेशसभाको बैठक बस्दै,एक मत जुटाउन कार्की सक्रिय,रोक्ने प्रयासमा गठबन्धन

१४ असार २०८०, बिहीबार

आज विहीबारबाट प्रदेशसभाको तेश्रो अधिवेशन सुरु हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

सरकारमा सहभागी दुई राजनीतिक दलले समर्थन फिर्ता लिएर बाहिरिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण प्रदेशसभाको तेश्रो अधिवेशन आह्वान भएको हो ।

प्रदेशसभाको यही अधिवेशनले वर्तमान सरकारको भविष्य छिनोफानो गर्ने भएका कारण सत्तारुढ एमाले सरकार जोगाउने उपायको खोजीमा लागेको छ भने विपक्षी गठबन्धन सरकार ढाल्ने कसरतमा जुटेको छ ।

यहीक्रममा एमालेले बुधबार विराटनगरमा संसदीय दलको बैठक गरेर सांसदहरुलाई अनिवार्य उपस्थित हुन, विश्वासको मतको पक्षमा उभिन निर्देशन दिएको छ । साथै आफ्नो नेतृत्वको सरकार धरापमा परेपछि एमालेले प्रदेशमा ‘सर्वदलीय सरकार’ को कार्ड अघि सारेको छ । राप्रपासहित सरकारको पक्षमा ४६ सांसद मात्रै रहेकाले बहुमत जुटाउन आवश्यक एक सांसदको खोजीमा एमाले छ ।

विपक्षी गठबन्धनले भने यसअघि नै सरकार ढाल्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ । विपक्षी दलहरुले सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिइसकेका छन् ।

 

जनता समाजवादी पार्टीका सांसद निर्मला तावा लिम्बूले जेठ १७ गते स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिई प्रदेशसभाबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको दिनलाई आधार मानेर मुख्यमन्त्री कार्कीले ढिलोमा असार १५ गतेभित्र विश्वासको मत लिनुपर्ने भएकोले असार १४ गते संसदको अधिवेशन आह्वान भएको हो ।

अहिले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीसँग स्पष्ट बहुमत छैन । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेसँग ४० र सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ मत मात्र छ । कोशी प्रदेशको कुल ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । तर, अहिलेसम्म मुख्यमन्त्री कार्कीको पक्षमा ४६ सांसद मात्र देखिएका छन् । विपक्षी गठबन्धनसँग भने सरकार गठन गर्न आवश्यक ४७ सांसद संख्या छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)ंका चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन्

प्रतिपक्षी गठबन्धन दलका नेताहरुले भने मुख्यमन्त्रीको प्रस्तावलाई फेल गराउने दाबी गरेका छन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *