Home  
Janahit Voice

आज बकर ईद देशभर मनाइँदै

१४ असार २०८०, बिहीबार

काठमाडौं – मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइदैछ ।

विहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धूमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिकविधि छ ।

यस अवसरमा काठमाडौंको घण्टाघर स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।

बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ।

बकर ईदका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *