Home  
Janahit Voice

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद

१४ असार २०८०, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ। जनताको आवाज संसद्सम्म पुर्‍याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको बताइएको छ।

बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।

रास्वपाले पार्टी सभापति लामिछाने संसदीय दलको नेता भएकाले जिल्ला तोकिएको छैन। उपसभापति डोल प्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर, कैलालीको जिम्मा दिइएको छ।संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा तोकिएको छ।

प्रमुख सचेतक सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख, र बाजुराको जिम्मा दिइएको छ। सचेतक श्री निशा डाँगीलाई झापा, मोरङ, इलाम, सल्यान जिम्मा दिइएको छ। मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङको सम्पर्क सांसद तोकिएको छ।

काठमाडौं ७ बाट निर्वाचित सांसद गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डँडेलधुरा जिम्मा दिइएको छ। काठमाडौं २ बाट निर्वाचत सोबिता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट तोकिएको छ। सुमना श्रेष्ठलाई रसुवा, काठमाडौं, रूकुम (पूर्व) र रूकुम (पश्चिम) जिम्मा दिइएको छ।

ललितपुर २ की सांसद तोसिमा कार्कीको जिम्मामा ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर परेको छ। काठमाडौं ६ का सांसद शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही, र सप्तरीको सम्पर्क सांसद तोकिएको छ।

चितवन १ का सांसद हरि ढकाल सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुरको सम्पर्क सांसद भएका छन्। तनहुँ १ बाट निर्वाचित डा.स्वर्णिम वाग्ले गोरखा, पर्सा, बैतडी र तनहुँ सम्पर्क सांसद बनेका छन्। डा.चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी दिइएको छ।

त्यस्तै असिम शाह काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तुको सम्पर्क सांसद तोकिएका छन्। लक्ष्मी तिवारी प्युठान, परासी, बर्दिया र बाँकेकी सम्पर्क सांसद भएकी छन्। अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी परेको छ।

यता शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की छ।बिनिता कठायत लाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा दिइएको छ।रास्वपाकी पछिल्लो सांसद बनेकी विन्दबासिनी कंशाकारलाई स्याङ्जा, बाग्लुङ, मकवानपुर गरी तीन जिल्लाको सम्पर्क सांसद तोकिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *