Home  
Janahit Voice

निमार्णाधीन ड्यामबाट खसेको ढुङ्गा लागेर १४ वर्षीय बालकको मृत्यु

१४ असार २०८०, बिहीबार

दैलेख – ड्यामबाट खसेको ढुङ्गा लागेर दैलेखको आठबीस नगरपालिका–५ मा एक बालकको मृत्यु भएको छ।

निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम वर्षातका कारण  भत्किएर खसेको ढुङ्गाले लागेर आठबिस–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको बुधबार बेलुका मृत्यु भएको प्रहरीले  कार्यालय दैलेखले जनाएको छ।

ड्याम भत्किँदा अन्य छ जना बालबालिका घाइते भएको वडाध्यक्ष विकले जानकारी दिए। ‘ड्याम भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्, घाइतेमध्ये १३ वर्षका किरण बुढामगर भने गम्भीर अवस्थामा भएको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *