Home  
Janahit Voice

कपिलवस्तुमा नाइट बस दुर्घटना हुँदा ६ जना घाइते

१५ असार २०८०, शुक्रबार

कपिलवस्तुमा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो ।

घाइतेहरु सबैको अवस्था सामान्य रहेको  र उनीहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बसमा ४० जना यात्रुहरु थिए ।सकुशल रहेका यात्रुहरूलाई अर्को बस चढाएर काठमाडौं पठाइएको छ।

दुर्घटनापछि चालक भने फरार छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *