Home  
Janahit Voice

आज राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक प्रस्तुत गरिदै

१५ असार २०८०, शुक्रबार

काठमाडौं -आज राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे आह्वान गरिएको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रिय सभाको बैठक आह्वान गरिएको हो ।

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बैठकमा विनियोजन विधेयक (बजेट) २०८० को सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजन विेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

तेस्तै विद्यालय व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालयको विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसुचीमा उल्लेख छ ।

मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८०माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *