Home  
Janahit Voice

सिन्धुलीमा अनियन्त्रित भइ गाडी दुर्घटना हुँदा ७ जना घाइते

१५ असार २०८०, शुक्रबार

काठमाडौं – सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटार नजिक  गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

आज बिहान काठमाडौंबाट सिन्धुली जाँदै गरेको मधेश प्रदेश ०२–००१ ज ००४२ नम्बरको गाडी  आफैं अनियन्त्रित भइ नालीमा खसेको थियो ।

सो गाडीमा सवार १० जना मध्ये सात जना घाइते भएका र उनीहरु सबैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–१ की १८ वर्षीया शोभा घिमिरे, कमलामाई नगरपालिका–२ की १९ वर्षीया सन्ध्या घिमिरे, सिन्धुलीको गोलन्जर गाउँपालिका–४ का ६५ वर्षीय तेजबहादुर बस्याल, गोलन्जर–१ का २१ वर्षीय रामधोज पाख्रिन, मोरङको विराटनगर महानगरपालिका–१२ का ३२ वर्षीय सत्य प्रकाश ठाकुर, महोत्तरीको गौशाला नगरपालिका–४ का ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौंका ३८ वर्षीय महेश डंगोल छन् ।

घाइतेहरुमध्ये शोभा र सन्ध्या घिमिरेको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *