Home  
Janahit Voice

मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त

१५ असार २०८०, शुक्रबार

नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन विफल भएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन्।

प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको छ । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सांसद आवश्यक पर्दथ्यो ।

मत विभाजनमा ८९ जना सांसद उपस्थित भए । मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का ४३ सांसद उभिएका छन् । काँग्रेस, माओवादी र जसपाको गरी तीन जना सांसद भने अनुपस्थित रहेका थिए ।

कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ ।

कार्की नेतृत्वको सरकार ढलेसँगै  अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *