Home  
Janahit Voice

इन्द्रेणी टोलीद्वारा बाढी पीडितलाई  राहत

१५ असार २०८०, शुक्रबार

कलाकार कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी टोलीले ताप्लेजुङका बाढीपहिरो पीडित परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ ।

इन्द्रेणी टोलीले सिदिङ्वा गाउँपालिका–६ मेहेले र वडा नम्बर ३ आङ्खोपका पहिरो पीडित १३ परिवारलाई चार लाख २० हजार रुपियाँ सहयोग रकम उपलब्ध गराएको बताइएको छ ।

इन्द्रेणी टोलीका नेतृत्व कलाकार कँडेलले पहिरो पीडित परिवारलाई प्रत्यक्ष भेटेर सहयोग रकम उपलब्ध गराएका हुन।

गत असार २ र ४ गते भीषण वर्षासँगै गएको बाढी पहिरोमा परी सिदिङ्वा गाउँपालिकाको मेहेलेमा मात्र एकै परिवारका बाबुछोरा समेत तीन जनाको मृत्यु भएको थियो ।

तेही स्थानका एकै परिवारका तीन जना पहिरोमा परेर बेपत्ता भएका थिए। । पहिरोमा परी मेहेलेका एकजना र मैवाखोला गाउँपालिका–४ साँघुका एक गरी दुईजना घाइते भएका थिए।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *