Home  
Janahit Voice

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

१७ असार २०८०, आईतवार

काठमाडौं – २७ घण्टापछि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ ।राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन ४/५ घण्टा लाग्ने बताइएको छ । अहिले राजमार्गमा सवारी साधन अलपत्र परेका छन् । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला पुल बनाउनका लागि अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ ।

पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् । सडकमा सवारी साधनहरूको लामो लाइन लागेको छ । अहिले दुई स्क्याभेटर, दुई लोडर पहिरो पन्छाउन परिचालन गरिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *