Home  
Janahit Voice

हेटौंडा उपमहानगरको आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसम्मत पास

१७ असार २०८०, आईतवार

हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पास भएको छ। शनिबार उपमहानगरको १३औं नगरसभाको दोस्रो बैठकले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पास गरेको हो।

उपमहानगरपालिकाले असार २ गते कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँको बजेट ल्याएको थियो। उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको थियो।

यस्तै, नगरसभाले आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सर्वसम्मतरुपमा पारित गरेको बताइएको छ।|  नगरसभाले २०७९\०८० मा सम्पन्न भएको योजनाको अनुमोदन तथा अवकास प्राप्त कर्मचारीको उपदान, विदा तथा औषधी उपचार खर्च, न्यायिक समितिले गरेको कामको अनुमोदनको समेत सर्वसम्मत निर्णय गरेको छ।

यसैगरी फरफासक समितिबाट भएका योजनाका कामको अनुमोदन, चालु आबमा सम्पन्न भइ भुक्तानीका लागि बाँकि रहेका योजनाको भुक्तानी दायीत्व सार्ने बिषयमा समेत सर्वसम्मत निर्णय गरेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *