Home  
Janahit Voice

श्री एयरलाइन्सका सबै उडान स्थगित,सोमबारदेखि पुनः सञ्चालन

१७ असार २०८०, आईतवार

काठमाडौं – आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् ।

शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएपछि  सो विमान पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराईएको थियो ।

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सले आज (आइतबार)का लागि पूर्वनिर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ ।

उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् ।पछिल्लो समय श्रीको  जहाजमा बारम्बार समस्या आइरहेको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *