Home  
Janahit Voice

आजको मौसम,कोशी र मधेस प्रदेशको केही स्थानमा मेघ–गर्जन ,चट्याङसहित भारी वर्षाको सम्भावना

१८ असार २०८०, सोमबार

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

भोलि मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *