Home  
Janahit Voice

सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा

१८ असार २०८०, सोमबार

काठमाडौँ- नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । रोशन रविचन्द्रनले २४ रन बनाएको इनिङ्समा नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनायो ।
ओपनर सुर्यांशु कोइरालाले सर्वाधिक ४३ रन बनाए । नेपाललाई ओपनर कोइराला र निरज यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए । निरजले ४२ रन बनाए ।

कप्तान अभिषेक तिवारीले २५ तथा सन्तोष यादवले १८ रन बनाए । सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २–२ विकेट लिए ।

नेपालले अब मंगलबार हुने फाइनलमा उपाधिका लागि मलेसिया सँग खेल्नेछ । मलेसियाले सेमिफाइनलमा हङकङलाई हराएको थियो ।मंगलबार नै तेस्रो स्थानका लागि सिंगापुर र हङकङ खेल्नेछन् ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *