Home  
Janahit Voice

नेपालले उपाधि जित्न नरेनको शतकमा मलेसियालाई दियो २५३ रनको लक्ष्य

१९ असार २०८०, मंगलवार

काठमाडौं – एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।३५ ओभरको खेलमा मलेसियाका लागि यो ठुलो लक्ष्य हो ।

मलेसियाको बायुमास ओभलमा भइरहेको फाइनलमा टसा जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो।

नेपालका लागि नरेश भट्टले शतक प्रहार गर्न सफल भए। उनले नटआउट ११२ रन जोड्ने क्रममा ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे।

त्यसअघि ओपनरद्वय सूर्यान्सु कोइराला १८ रन र निरजकुमार यादव ४७ रन जोडेर आउट भए।

दीपु कुमार ५ रन र प्रतिक भट्टराई १ रनमा रनआउटको सिकार भए। यस्तै सन्तोष यादवले २६ रनको योगदान गर्दा कप्तान अभिषेक तिवारी ४ रन र अशोक धामी ११ रनमा आउट भए। बलिङमा मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए।

उपाधि जित्न सफल भए नेपालले एसिसीको यू-१६ स्तरको प्रतियोगितामा ह्याट्रिक गर्नेछ। यसअघि एसिसीको आयोजना भएको यू-१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो।

नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। दुवै संस्करण थाइल्यान्डमा भएका थिए। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ र ‍ २०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *