Home  
Janahit Voice

घट्यो पेट्रोल-डिजेलको मूल्य

१९ असार २०८०, मंगलवार

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा देशभरको मूल्यमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ।

आयल निगमले पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको छ ।अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।

विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४.५ रुपैयाँ पर्ने छ ।

सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने छ ।

तर निगमले ग्यासको भाउ कम नगरी यथावत अर्थात प्रतिसिलिन्डर १८ सय रूपैयाँ नै राखेको छ। निगमका अनुसार यसअघि ग्यासमा प्रतिसिलिन्डर १६० रूपैयाँ घाटा थियो। अब भने निगम घाटा मुक्त भएको बताएको छ।

आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *