Home  
Janahit Voice

हनुमानढोका परिसरभित्र सवारीसाधन प्रवेशमा निषेध : बालेन शाहले

१९ असार २०८०, मंगलवार

काठमाडौं- काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधनलाई निषेध गरेको छ । दिनकै हजारौं पर्यटक आउने भएकाले उक्त क्षेत्रमा सवारी साधनलाई निषेध गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।

काठमाडौको पहिचान भनेकै यहाँका सम्पदा रहेको भन्दै उनले विश्वलाई गौरवसाथ देखाउन सक्ने नेपालको सान हनुमानढोका परिसरलाई सुन्दर र शान्त राख्न आवश्यक रहेको बताएका छन् ।

मेयर साहले आज आफ्नो फेसबुक स्ट्याटसमार्फत यस्तो जानकारी गराएका हुन्।

उनले भनेका छन्।‘काठमाडौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण हो। काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरू हुन्। विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसाकिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यही हेर्न, अनुभव गर्न र रमाउन लाखौं पर्यटकहरू आउन सक्छन् ।

वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौं पर्यटकहरू आउने र लाखौं आउन सक्ने सम्भावना छ। यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसरभित्र सवारी साधनहरूलाई निषेध गरिएको छ, ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *