Home  
Janahit Voice

सामाजिक सुरक्षामा क्षमताभन्दा बढी खर्च भयो : अर्थमन्त्री महत

१९ असार २०८०, मंगलवार

काठमाडौं-अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा क्षमता भन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै भएको र यसलाई सुधार गरेर लैजानु पर्ने बताएका छन् । हाम्रो क्षमताभन्दा पनि बढी हामीले सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाई छ ।

उनले पछाडि परेको समुदाय, जेष्ठ नागरिक लगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिने र यसबाट सरकार पछाडि फर्किन नसक्ने बताए ।

‘अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्याङ्‍क आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं,’ उनले भने ।

जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता दिनु पर्ने र  नपर्ने वर्गमा सरकारले थप खर्च गर्नुपर्ने नीति ल्याइने उनको भनाइ छ । यसो हुँदा आगामी दिनमा खर्च व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

डा. महतले मंगलबार संसदको अर्थसमितिमा बोल्दैआउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको पनि बताएका छन।

‘अहिलेको अर्थतन्त्रको समग्र बाटो सकारात्मक तर्फ लागेको छ । समस्या मुक्त भने छैन । कुनै पनि अर्थतन्त्र कुनै पनि देश समस्या मुक्त हुँदैन । हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौं । यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौं ।’

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *