Home  
२१ असार २०८०, बिहीबार
दक्षिण अफ्रिकामा ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
काठमाडौं -विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा दक्षिण अफ्रिकामा १६ जनाको मृत्यु भएको छ । यो घटना दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा भएको हो ।
नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ ।
बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्याँस लिक भइरहेको एक सिलिण्डर बरामद भएको छ । मृतकहरु सबै सोही क्षेत्रको एक सय मिटर वरपरको हुन् ।
अधिकारीहरुले अरुको पनि ज्यान गएको हुन सक्ने अनुमान गरेका छन् । सो क्षेत्रमा उद्धारकर्ताहरुलाई तैनाथ गरिएको छ ।