Home  
Janahit Voice

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२४ असार २०८०, आईतवार

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत मंगलबारदेखि अवरुद्ध संसद बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमाआज दिउँसो  १ बजे बोलाइएको हो ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् जसअनुसार राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक–२०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक आजको प्रतिनिधिसभा बैठकमा टेबुल गरिने संसद सचिवालयले जनाएको छ ।

यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

तर, एमाले, राप्रपा र रास्वपाले अवरुद्ध गर्दै आएकाले आज पनि संसद बैठक चल्ने सम्भावना कम छ । यसबीचमा संसद बैठकमा देखिएको अवरोध हटाउने सम्बन्धमा खासै प्रगति नभएकाले अवरोधको  सम्भावना  उत्तिकै रहेको बताइएको छ। तीन वटै विपक्षी दलले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले मुलुकको स्वाधिनतामाथि नै प्रश्न चिन्ह उठेको बताउँदै आएका छन् । एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *