Home  
Janahit Voice

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुदै

२४ असार २०८०, आईतवार

विराटनगर – नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध दायर गरेको रिटमाथि आज सुनवाई हुने भएको छ ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो ।

सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार रिट दर्ता गराएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शुक्रबार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् । आइतावर थप मन्त्रीमण्डल विस्तार गर्ने योजनामा थापा छन । माओवादीका जीन आचार्यको सपथग ग्रहण आइतवार विहान ९ बजे राखिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *