Home  
Janahit Voice

राष्ट्रिय सभा बैठक भोलिलाई सर्‍यो

२५ असार २०८०, सोमबार

काठमाडौं – राष्ट्रिय सभाको बैठक सरेको छ ।सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको हो ।

बैठक आज बिहान ११: ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *