Home  
Janahit Voice

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३८ जना घाइते

२५ असार २०८०, सोमबार

बैतडी- बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सोमबार दिउँसो पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस बैतडीको मेलौली नगरपालिका-७ को स्वाखानी भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको  छ।

घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूलाई डडेलधुरा अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ।  बस अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *