Home  
Janahit Voice

प्रहरीलाई सहयोग गर्न जाँदा गोली लागेर घाइते भएका वीरेन्द्रले तोडे अनशन

२६ असार २०८०, मंगलवार

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वीरेन्द्र जैशीको अनशन तोडाएका छन् ।

नेपाल प्रहरी अस्पताल पुगेर गृहमन्त्री श्रेष्ठले  ०७३ फागुन १ मा तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्नेक्रममा कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीको अनशन तोडाएका हुन् ।

माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए। आइबारबाट उनको थप उपचार नेपाल प्रहरी अस्पतालमा हुनेछ।

अनशन तोड्नेक्रममा उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन गरेका हुन्।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *