Home  
Janahit Voice

सिरहामा एक लाख घुससहित लेखा अधिकृत पक्राउ

२७ असार २०८०, बुधबार

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।

आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पोखरेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कार्यालयाबटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ।

पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *