Home  
Janahit Voice

प्रचण्ड  जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पेरिसडाँडामा

२७ असार २०८०, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।

नर्भिक अस्पतालबाट उनको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  ल्याइएको हो ।

आज दिउँसो १ बजेसम्म दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ । अपराह्न २ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हाे।

प्रचण्ड  जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पेरिसडाँडामा

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *