Home  
Janahit Voice

सुर्खेतमा जरायो मारेको अभियोगमा  चारजना पक्राउ

२७ असार २०८०, बुधबार

सुर्खेतको वीरेन्द्रनगरमा जरायो मारेको आरोपमा  प्रहरीले चारजनालाई पक्राउ गरेको   छ। वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित वन क्षेत्रमा जरायो मारेको आरोपमा  उनीहरुलाइ पक्राउ गरेको हो।

बुधबार बिहान ३ बजे काँक्रेबिहार वन क्षेत्रसँग जोडिएको नयाँ गाउँबाट जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाइ  पक्राउ गरेको हो।

जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै उनीहरुलाइ  पक्राउ गरेको र उनीहरूको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएकोे छ।

जरायो मार्नेमा अन्य व्यक्तिको पनि संग्लनता रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोे छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *