Home  
Janahit Voice

आजको मौसम

२८ असार २०८०, बिहीबार

कठमाण्डौ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेशका सात जिल्लामा भारी वर्षाको सम्भावना रहेको छ।

पछिल्लो ३ देखि ६ घन्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *