Home  
Janahit Voice

वानएक्स बेटको विज्ञापन खेलाएको आरोपमा पक्राउ परेका युट्युबर र कलाकारहरू ५-५ हजार धरौटीमा रिहा

२८ असार २०८०, बिहीबार

वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका १० जना ५-५ हजार धरौटी बुझाएर छुटेका छन्।

काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै उनिहरु छुटेको  जिल्‍ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई मुख्य अभियुक्तको रूपमा मुद्दा पेश गरेको थियो। खड्कासँग अदालतले १० लाख र धितालसँग ५ लाख धरौटी माग गरेको छ।

यस्तै, विज्ञापन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार एवं युट्युबरहरूलाई भने ५-५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।

वानएक्स बेटको विज्ञापन खेलाएको आरोपमा पक्राउ परेका युट्युबर र कलाकारहरू ५-५ हजार धरौटीमा रिहा भएका छन।

रिया हुनेहरुमा युट्युबर एवं कलाकारहरू जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा (जिडी), बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स- पवन खतिवडा) पक्राउ परेका थिए।

सरकारी वकिलले अभियुक्त खड्का र धितालविरूद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको थियो।

राष्ट्र बैंकको ऐन अनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ।

मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न पनि माग गरेको थियो। त्यसबाहेक उनीहरू दुबैविरूद्ध एकीकृत कसुर बापत थप सजायको माग गरेको थियो।

त्यस्तै युट्युबरहरू एवं कलाकारहरूविरूद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको थियो।

उक्त कसुर अनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना गर्न माग गरेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *