Home  
Janahit Voice

भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधर पक्राउ

२८ असार २०८०, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर पक्राउ परेका छन।

उनलाइ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्‍याङबाट  पक्राउ गरी तुलाधरमाथि कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको बताइएको छ।

प्रहरीका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको बैंक खाता प्रयोग भएको थियो।

उनीसहित ३० जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ। अदालतले १८ जनामध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

अदालतको आदेशपछि पक्राउ पर्नेमा तुलाधर दोस्रो व्यक्ति हुन्। यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले गत असार ११मा आशिष बुढाथोकीलाई पक्राउ गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा १० जना अझै फरार छन‍्। प्रहरीले उनीहरूको पनि खोजी गरिरहेको जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *